१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

शरीर शीतल राख्ने पाँच फल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:३o:oo

तापक्रम बढिरहेको छ । केही फलफूलको नियमित प्रयोग गरेर यस समय शरीरलाई शीतलता प्रदान गर्न सकिन्छ । गर्मी हटाउने मात्रै होइन, मानिसलाई स्वस्थ र निरोगी राख्न पनि यी फलफूलको प्रयोग महत्वपूर्ण छ । 

खरबुजा : यसमा पानीको मात्रा प्रशस्तै हुन्छ । त्यस्तै, यो निकै स्वादिलो पनि हुन्छ । गर्मीमा हाइड्रेटेड र शीतल रहनका लागि यो राम्रो विकल्प हुन सक्छ । यसले खाना पचाउन पनि सहयोग गर्छ । 

काँक्रो : काँक्रोले पनि शरीर शीतल गराउँछ । यसमा पनि पानीको मात्रा प्रशस्तै हुन्छ । पाचन प्रणाली बलियो बनाउन, तौल नियन्त्रण, छाला राम्रो राख्न, ब्लडप्रेसर नियन्त्रण गर्न यो प्रभावकारी मानिन्छ । शरीरका विकारलाई बाहिर निकाल्न पनि यसले सहयोग गर्छ । 

भुइँकटहर : यसमा प्रशस्तै मात्रामा पोषक तत्व हुन्छ । स्वास्थ्यका लागि पनि यो राम्रो मानिन्छ । पाचन प्रणाली बलियो बनाउन, शरीरमा पानीको मात्रा पु¥याउन, तौल नियन्त्रणलगायत यसका धेरै फाइदा छन् । यो निकै स्वादिलो पनि हुन्छ । 

नरिवल : नरिवलको पानीले शरीरलाई शीतल राख्छ । त्यस्तै, नरिवलको टुक्रामा प्रशस्तै मात्रामा फाइबर हुन्छ । यसले कब्जियत हटाउन, डाइबिटिज नियन्त्रण गर्न, छाला स्वस्थ्य राख्न, रोगप्रतिरोधी क्षमता बलियो बनाउन सहयोग गर्छ । 

किवी : गर्मीमा शीतल दिलाउने अर्को फल किवी हो । यसका अनेक फाइदा छन् । छाला स्वस्थ्य राख्ने, राम्रो निद्रा लगाउने, कब्जियत नियन्त्रण गर्नेलगायत कार्यमा यो सहयोगी हुन्छ । 

ad
ad