१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फर्मल पहिरनमा यस्तो कम्बिनेसन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:११:oo

पर्फेक्ट फिटिङ : तपाईंले लुज कपडा लगाउँदा उमेर धेरै भएजस्तो देखिन्छ । भर्खरको देखिनका लागि न त धेरै लुज, न धेरै टाइट अर्थात् तपाईंको शरीरमा फिट हुने कपडा लगाउनुपर्छ । 

सही कलर : ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहुँगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । रंंगीचंगी सर्ट रोज्नुको साटो एकै कलरको सर्ट रोज्नुभयो भने राम्रो हुन्छ । दिउँसोको समयमा ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् । यदि रातको समारोह छ भने डार्क, नेभी ब्लु, मरुनजस्ता डार्क कलरका सर्ट छान्नुपर्छ । यदि सर्टमा प्याटर्न टाई गर्न चाहनुहुन्छ भने छोटो–छोटो प्याटर्नको सर्ट छान्नुहोस् । 

पाइन्टको सही लेन्थ : पाइन्ट छान्दा सही लेन्थको छान्नुस् । तपाईंको पाइन्टको लेन्थ धेरै लामो भयो भने राम्रो देखिँदैन । धेरै छोटो पनि सुहाउँदैन । 

घडी लगाउनुस् : फर्मल ड्रेसमा घडी पनि महत्वपूर्ण मानिन्छ । घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुस् । लेदर वाच लगाउँदा त्यसलाई आफ्नो लेदर बेल्ट र जुत्ताको कलरसँग म्याच गर्नुपर्छ । 

सिम्पल बेल्ट : फर्मल आउटफिटमा बेल्टको महत्वपूर्ण भूमिका हुन्छ । बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ । जस्तो– ब्राउन जुत्ता लगाउँदा बेल्ट पनि ब्राउन नै लगाउनुभयो भने राम्रो हुन्छ । 

फर्मल जुत्ता : फर्मल पहिरनका लागि जुत्ता अझै महत्वपूर्ण हुन्छ । छालाका साधारण खाले जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नबिर्सनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पाइन्टको कलरसँग म्याच गर्नुपर्छ । रंगीचंगी मोजा नछान्नुस् ।

ad
ad