१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रात्रिबसको ठक्करबाट मोटरसाइकलचालकको ज्यान गयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २२:५६:oo

दाङको तुलसीपुरबाट काठमाडौं जाँदै गरेको ना. ६ख १४८६ नम्बरको रात्रिबसको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ । 

गोग्लीबाट घोराहीतर्फ जाँदै गरेको लु. ४१प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिँदा घोराही उपमहानगरपालिका– १७ निवासी २३ वर्षीय सौगात ओलीको मृत्यु भएको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार मंगलबार राति पौने ९ बजे घोराही उपमहानगरपालिका– १७ बेलबासस्थित सिस्नेखोलाको ओरालोमा बसले मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका ओलीको उपचारका क्रममा मृत्यु भएको हो ।  

मोटरसाइकलमा पछाडि बसेका तुलसीपुर उपमहानगरपालिका– ११ बेलदमारका ३५ वर्षीय शरद लामिछाने घाइते भएका छन । उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

ad
ad