१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

०४७ यताका सबैमाथि छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न रास्वपाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o७:oo

सत्तारूढ दल रास्वपाले एक–दुईजना व्यक्तिलक्षित छानबिन समिति नभई ०४७ यताका सबै काण्ड र अहिलेका सबै सांसदमाथि छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग गठनको माग गरेको छ।

सत्ता र प्रतिपक्षको अवरोधले प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि बाहिरिएका सो पार्टीका उपसभापति एवं सांसद स्वर्णिम वाग्ले र अर्का सांसद मनीष झाले यस्तो माग गरेका हुन्।

‘रास्वपाको कारण मुलुक बेथितिमा गएको भाष्य निर्माण गर्न खोजिएको छ । अब हामी त्यसको प्रतिरोध गर्छौँ,’ वाग्लेले सञ्चारकर्मीहरूसँग भने, ‘भर्खर एक–दुई वर्षअघिको आरोपको भरमा कुनै एउटा व्यक्तिलाई खुइल्याउने किसिमले होइन, कुनै पनि कालखण्डमा घटेका भ्रष्टाचारको छानबिन गर्न रास्वपा उच्चस्तरीय स्वतन्त्र छानबिन आयोगको माग गर्दछ।’

सरकार गठनका वेला तयार पारिएको न्यूनतम साझा कार्यक्रममै ०४७ सालदेखिका सबै काण्डको छानबिन गर्ने भनेर लेखिएको भन्दै अब त्यसमा काम अघि बढाउने बताए।

रास्वपाकै सांसद मनीष झाले हालका गृहमन्त्री सहकारीको ठगीमा संलग्न भएको प्रमाण कांग्रेससँग थियो भने अहिलेसम्म कानुनी प्रक्रिया किन अघि नबढाएको भन्दै प्रश्न गरे। ‘एकजना व्यक्तिले दिएको उजुरी त्यो पनि प्रहरीले दर्ता गरेको छैन, त्यसको आधारमा राजीनामा दिनुपर्छ भन्ने हो भने अहिलेसम्म अभियोग लागेकाहरूको फेहरिस्त हेरौँ,’ उनले भने, ‘एक˜दुईवटा व्यक्तिलाई लक्षित समिति बनाएर यो देशको आमुल परिवर्तन हुनेवाला छैन । अहिले भएका आठ सय ८४ जना सांसद र ०४७ सालयता सार्वजनिक पद धारण गरेका सबै व्यक्ति र सबै काण्डहरूको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन होस्, यो नै हाम्रो बटमलाइन हो ।’