१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २८ आइतबार १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले भने- जुम्ली–मार्सी चामल व्यापक चर्चित छ, मैले पनि चाखेको छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १४:५७:oo

प्रधानमन्त्री केपी ओलीले संसदमा मार्सी चामलको प्रसंग कोट्याएका छन्। आज (आइतबार) संसदमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले मार्सी चामलको प्रसंग निकालेका हुन्।

‘अगाडिदेखि त्यहाँ (कर्णाली) सन्त चन्दननाथले मार्सी चामल ल्याए र मार्सी चामल अहिले व्यापक रूपमै चर्चित पनि छ। कर्णालीको, जुम्लाको; मैले पनि जुम्लाको मार्सी चामल चाखेको कुरा यहाँहरूलाई जानकारी नै छ,’ उनले भने । यसअघि ०७३ सालमा प्रधानमन्त्री ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा मार्सी चामलको भात खाएका थिए।