१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भरतपुर महानगर र पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:३६:oo

भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । सोमबार भरतपुर महानगरपालिकाको सभाहलमा एक कार्यक्रमबीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारीपत्रमा हस्ताक्षर गरे । 

दुई स्थानीय तहका प्रमुखले नौबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ । एक–अर्काको विकास र समन्वयका लागि भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । 

कर्णालीको सबैभन्दा विकट मानिएको पचालझरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुनु एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालको दाबी छ । पचालभरना गाउँपालिका र भरतपुरबीच आर्थिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रमुख दाहालको भनाइ छ ।

कार्यक्रममा बोल्दै पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाउँपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए । उनले गाउँपालिकालाई आउने समानीकरण बजेट न्यून रहेकाले आवश्यकताअनुसार विकास गर्न सम्भव नरहेको उल्लेख गरे । भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाउँपालिकाले विकास र समृद्धिको बाटोमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

समझदारीपत्रमा भरतपुर महानगरपालिका र पचालझरना गाउँपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महŒव र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचारप्रसार गरिने उल्लेख गरिएको छ ।  

दुई स्थानीय तहमा उत्पादित मौलिक कृषिउपजलाई एक–आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकलाई विभिन्न तालिम तथा भ्रमणलगायत कार्यक्रम सञ्चालन गर्ने सम्झौतापत्रमा उल्लेख छ । 
 

ad
ad