१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

तुलसीपुर उपमहानगरद्वारा कम्पोस्ट मल उत्पादन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:१५:oo

दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । तुलसी कम्पोस्ट मल नाम दिएर तीन महिनामा साढे दुई टन मल उत्पादन गरिएको छ । गल्ने फोहोरबाट उत्पादन गरिएको मललाई निरन्तरता दिइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताए । ‘गल्ने फोहोरबाट हामीले कम्पोस्ट मल उत्पादन गरेका छौँ,’ उनले भने, ‘यसलाई निरन्तरता दिनेछौँ ।’ 

तुलसीपुरमा उत्पादन हुने फोहोरबाट दैनिक ९० टन फोहोर उत्पादन हुने उपमहानगरले जनाएको छ । तर, उपमहानगरले २५ टन मात्रै संकलन गर्ने गर्छ । तीमध्ये गल्ने फोहोरबाट मल उत्पादन गरिएको प्रमुख खड्काले बताए । युएसएआइडी, तयार नेपाल र ब्लु वेस्ट टु भ्यालुको आर्थिक सहयोगमा तीनमहिने तालिमका क्रममा यहाँ मल उत्पादन गरिएको हो । तुलसीपुरको फोहोर व्यवस्थापनको निकै चुनौती हो ।

यसलाई न्यूनीकरण गर्न कम्पोस्ट मल उत्पादनले महत्वपूर्ण भूमिका खेल्नेसमेत प्रमुख खड्काले बताए । नगल्ने फोहोरबाट पनि झोला, ढकिया, जुत्ता पेनहोल्डरलगायतका सामग्री निर्माणको तालिम प्रदान गरिएको छ । जसले गर्दा गल्ने र नगल्ने फोहोरलाई व्यवस्थापन गर्न सकिन्छ ।

ad
ad