मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १२:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघ मुगुद्वारा पाँचौँपटक रारा सरसफाइ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३३:oo

नेपाल विद्यार्थी संघ मुगुले नेपालकै ठूलो तथा कर्णालीको मुख्य पर्यटकीय स्थल  रारातालमा सरसफाइ अभियानलाई निरन्तर जारी राखेको छ।

‘ग्रिन रारा क्लिन रारा’ भन्ने मूल नाराका साथ स्वच्छ, सफा, हरियाली, वातावरण संरक्षणका लागि महिनाको अन्तिम  शनिबार राराताल सरसफाइ कार्यक्रम गरिएको छ।

रारामा आन्तरिक तथा बाह्य पर्यटकको वृद्धिसँगै ताल क्षेत्रमा फोहोर पनि बढ्न थालेपछि तालको सुन्दरता, प्राकृतिकपन र स्वच्छ वातावरण  जोगाइराख्न नेपाल विद्यार्थी संघ मुगुले सरसफाइ कार्यक्रम सुरु गरेको हो।

तालमा फोहोर बढ्दै गएको कारण तालको सुन्दरता हराउँदै जाने जोखिमलाई जोगाउन सरसफाइ अभियान सुरु गरिएको नेविसंघ मुगुका अध्यक्ष सोविन्द्रबहादुर मल्लको भनाइ छ। उनका अनुसार, फोहोर व्यवस्थापनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार ताल क्षेत्रमा सरसफाइ गरिनेछ। र, संकलित फोहोर विसर्जन गरिँदै आएको उनले बताए।

नेविसंघ मुगुले गत पुस १४ गते गरेको निर्णयमा हरेक महिनाको अन्तिम शनिबारदेखि सुरु गरिएको रारा सरसफाइ अभियान यो शनिबार गरेर पाँचौँपटक भएको उनको भनाइ छ। हाम्रो यो अभियानमा  इच्छुक रहेका सम्पूर्ण सरोकारवाला निकाय कोही कसैले पनि जोडिन नेविसंघ मुगुले आग्रहसमेत गरेको छ।