१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नौ किलो आठ सय ग्राम गाँजासहित पोखराबाट एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:४९:oo

नौ किलो आठ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका– ४ स्थायी घर भई हाल गोरखा नगरपालिका– ४ बतासे बस्ने वर्ष २४ का मदन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।

पोखरा– २७ तालचोकस्थित पृथ्वी राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको ग.१च ५१३२ नम्बरको कारबाट गाँजासहित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारको डिक्कीभित्र रातो प्लास्टिकमा पोको पारी लुकाइछिपाई राखेको अवस्थामा प्रहरीले फेला पारेको गाँजा तत्काल तौल गर्दा सो परिमाणमा फेला पारेको प्रहरीको भनाइ छ । पक्राउ परेका नेपालीलाई  लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
 

ad
ad