१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

शर्मा र साउद कांग्रेसको उपनिर्वाचन परिचालन संयोजक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o८:१६:oo

कांग्रेसले इलाम २ र बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनका लागि केन्द्रबाटै चुनाव परिचालन संयोजक तोकेको छ । चुनावी प्रचार र परिचालन अभियान प्रभावकारी बनाउन कांग्रेसले केन्द्रबाटै संयोजक तोकेको हो ।

जसअनुसार इलाम २ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा (१) का लागि एनपी साउद संयोजक तोकिएका छन् । चुनावी परिचालन प्रभावकारी बनाउन केन्द्रले जिम्मेवारी तोकेको महामन्त्री शर्माले बताए । दुवै क्षेत्रमा आगामी १५ वैशाखमा चुनाव हुँदै छ । 

इलाममा २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसबाट इलाम २ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंह उम्मेदवार छन् । कांग्रेस इलामका सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङसँग एक सय १४ मतले पराजित भएका थिए । सिंह सडक दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिमका पूर्वमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन् । 

ad
ad