१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार २३:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

होटल पौवाको आठौँ स्थापना दिवसमा विभिन्न कार्यक्रम आयोजना, १०५ युनिट रगत संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार २३:२९:oo

नेपाली हस्पिटालिटीलाई ब्रान्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट विविध कार्यक्रम गरेर ८औँ वार्षिकोत्सव मनाएको छ । 
हरेक शाखाहरुमा फरकफरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।

होटल पौवा भैरहवा र बुटवल शाखाले, बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको होटल पौवाका अध्यक्ष दुर्गा भण्डारीले जानकारी दिए । रक्तदान कार्यक्रममा भैरहवा शाखामा ५५ युनिट र बुटवल शाखामा ५० युनिट रगत संकलन भएको अध्यक्ष भण्डारीले बताए । 

त्यसैगरी, तानसेन पाल्पा शाखाले सिर्जनशील अपांगता स्वाबलम्बन केन्द्रमा रहेका र घोराही दाङ शाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटे रहेकाहरुलाई खाना खुवाउने कार्यक्रम गरेको थियो ।

त्यसैगरी, पर्यटकीय केन्द्र राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुंगा रहेकाहरुलाई खाद्यान्न तथा फलफूल वितरण गरेको थियो । काठमाडौं शाखाले गुरुकुल आश्रम शंखमूलमा रहेकालाई खाद्यान्न तथा फलफूल वितरण गरेको होटलका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । 

त्यसैगरी, भालुवाङ शाखामा मधुमेह, उच्चरक्तचाप र मिर्गौलासम्बन्धी रक्त परीक्षण र परामर्श शिविर संचालन गरेको थियो भने लमही शाखाले नगर सरसफाइ कार्यक्रम, रेसुंगा शाखाले मन्दिर सरसफाइ कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको प्रबन्ध निर्देशक ज्ञवालीले बताए । 

स्थापना दिवसका अवसरमा धनगढी शाखाले नगर तथा शिवपुरी धाम मन्दिर सरसफाइ कार्यक्रम, कपिलवस्तु गोरुसिङ्हे शाखाले नगर सरसफाइ कार्यक्रम, जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला– ५ मा रहेका बृद्धहरुलाई फलफूल वितरण कार्यक्रम गरेर स्थापना दिवस मनाएको होटल पौवाका ब्रान्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए । 

रक्त सञ्चार सेवा केन्द भैरहवा र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । 
‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका विभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा पाँचतारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरेर दुई, कपिलवस्तुमा एक, दाङमा तीन, पाल्पामा एक, गुल्मीमा एक, सुदूरपश्चिमको धनगढीमा एक, कर्णाली प्रदेशको जुम्लामा एक, गण्डकी प्रदेशको पोखरामा एक र बागमती प्रदेशको काठमाडौंमा एक शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । 

ad
ad