१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धनगढीमा भुस्याहा कुकुरको बन्ध्याकरण गरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५२:oo

धनगढी उपमहानगरपालिकामा भुस्याहा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ। नगरमा भुस्याहा कुकुरको संख्या नियन्त्रणका लागि बन्ध्याकरण शिविर सुरु गरिएको उपमहानगरले जनाएको छ। चार दिनसम्म सञ्चालन हुने शिविरमा तीन सय भुस्याहा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिइएको छ।

उपमहानगरको पशु सेवा शाखा प्रमुख डा. समीरकुमार ठाकुरले भुस्याहा कुकुरका कारण रेबिजलगायत रोग सर्ने जोखिम रहेकाले संख्या नियन्त्रण गर्न बन्ध्याकरण भइरहेको बताए। उनले वडावडामा गई भुस्याहा कुकुर समातेर नगरपालिकामा ल्याएर बन्ध्याकरण गरिरहेको जानकारी दिए।

‘भुस्याहा कुकुरबाट गाईवस्तुमा रेबिज रोज सरेको नगरमै धेरै ‘केस’ छन्। भुस्याहा कुकुरले मानिसलाई पनि टोक्ने भएकाले मानिसमा समेत रेबिज सर्ने जोखिम हुन्छ,’ डा. ठाकुरले भने, ‘भुस्याहा कुकुरको संख्या नियन्त्रण गर्न बन्ध्याकरण गर्न थालेका हौँ।’ उपमहानगरले विगत चार वर्षदेखि वर्षमा एकपटक भुस्याहा कुकुरको बन्ध्याकरण शिविर गर्दै आएको उनले जानकारी दिए।

धनगढीमा गत वर्ष एक सय ५४ कुकुरको बन्ध्याकरण गरिएको थियो । भाले र पोथी दुवैको बन्ध्याकरण गर्ने र पहिचानका लागि बन्ध्याकरण गरिएका कुकुरको कान चिर्ने गरिएको उपमहानगरले जनाएको छ । छिमेकी पालिकासँगै खुला सिमानाका कारण भारतबाट समेत आउने भएकाले धनगढीमा भुस्याहा कुकुरको संख्या बढ्दै गएको डा. ठाकुरले बताए।

‘भुस्याहा कुकुरको संख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु हो, त्यसैले हरेक वर्ष उपमहानगरले बन्ध्याकरण शिविर सञ्चालन गरिरहेको छ,’ उनले भने, ‘बन्ध्याकरण गर्ने कुकुरको संख्या पनि बढाउँदै लगेका छौँ ।’ भुस्याहा कुकुरका कारण नगरवासीले समस्या भोग्न नपरोस् भनेर बन्ध्याकरण गर्न लागिएको उनले बताए ।  
 

ad
ad