मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
रासस दमौली
Invalid date format १६:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारमा समस्या परेका १९२ जनालाई क्षतिपूर्ति

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
Invalid date format १६:३५:oo

वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका १९२ जनालाई क्षतिपूर्तिस्वरुप रु दुई करोड ३१ लाखभन्दा बढी राहत वितरण गरिएको छ। सुरक्षित आप्रवासन कार्यक्रम (सामी)को पहलमा चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरुले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन्।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्धार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेका कार्यक्रम संयोजक लुना रानाले जानकारी दिइन्।

उनका अनुसार व्यास नगरपालिकाका ६७ जनाले रु ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले रु एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले रु ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले रु ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले रु ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले रु दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले रु २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले रु ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले रु दुई लाख ५० हजार क्षतिपूर्ति पाएका छन्।
    
तनहुँबाहेक अन्य ठाउँका सात जनाले रु २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्धार र ६३ अन्य उजुरी परेका थिए।