१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवलपुरमा ५ राउन्ड गोलीसहित एकजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:४६:oo

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ। विनयी त्रिवेणी गाउँपालिका-७ निवासी २९ वर्षीय राहुल थापालाई प्रहरीले ५ राउन्ड गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। 

प्रहरीले विशेष सुराकीको आधारमा त्रिवेणी चौकीबाट खटिएको टोलीले उनलाई खानतलासी गर्ने क्रममा आज बिहान पक्राउ गरेको हो।

एसएलआर ७ दशमलब ६२ एमएमको ३ राउन्ड गोली र ३ दशमलब ३ एमएमको २ राउन्ड गरी ५ थान गोली उनको साथबाट बरामद भएको प्रहरीले जनाएको छ। उनले खरिद गरेर ल्याएको वा बिक्रीका लागि ल्याएको खुल्न नसकेको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ad
ad