१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:१६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१६:oo

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पूर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ।

ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रविन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (युएसजिएस)ले जनाएको छ।

ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली हाे । चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ।

बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन्। भूकम्पका कारण भएको क्षतिको विवरण संकलन भइरहेको बताइएको छ। 

आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवं विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्बिर स्थानीय सञ्चारमाध्यमले देखाएका छन्। ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउँमा पहिरो गएको बताइएको छ।

जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले तीन मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाए पनि पछि यसलाई संशोधन गर्दै कुनै ठूलो सुनामीको जोखिम नरहेको बताएको छ। 

चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प जाँदा दुई हजार चार सय व्यक्तिको ज्यान गएको थियो।