मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार दिनपछि भेटियो रोकाको शव 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

गोरखा नगरपालिका– ७ पौवाखेतका विवश रोकाको शव भेटिएको छ। पशुपति आर्यघाटमा दाहसंस्कार सकेर काजकिरिया गर्न घर फर्किएका एकै परिवार चढेको बा.२ज ४१९६ नम्बरको ट्याक्सी शनिबार  त्रिशूलीमा खसेर बेपत्ता भएका विवशको शव भेटिएको थिएन।

सोही दिन ट्याक्सीमा सवार पाँचजनाको शव भने प्रहरीले दुर्घटना स्थलमा नै भेटेको थियो। काठमाडौंमा क्यान्सरका कारण ज्यान गुमाएका ४० वर्षीय शंकर रोकाको अन्त्येष्टिका लागि शुक्रबार परिवारका सदस्य र आफन्तहरू जम्मा भएर गोरखाबाट पशुपति आर्यघाट पुगेको उनीहरूको ट्याक्सी फर्कने क्रममा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका हुन्। 

बेपत्ता भएका १८ वर्षका विवशलाई इच्छाकामना गाउँपालिका– ६ कालीखोलानजिक त्रिशूली नदीमा पानीमा घुमाइरहेको अवस्थामा प्रहरीले फेला पारेको चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले बताए। 

यो घटनामा परेर ७० वर्षीया जुनकिरी उपरकोटी, ४१ वर्षीया हरिमाया रोका, २८ वर्षीया अञ्जना रोका, नाै वर्षीय आगमन उपरकोटी, ३५ वर्षीय अर्जुन सिर्मलकाे मृत्यु भएको थियो।