१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १२:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० लाखभन्दा बढीको अवैध सामान नेपालगन्जबाट बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१८:oo

बाँके प्रहरीले भारी परिमाणमा अवैध सामान बरामद गरेको छ। वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका– ७, गगनगन्जबाट करिब साढे १० लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताए।

अवैध सामान राखेको भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा चार सय ४३ थान सलवार, कुर्ता, तीन हजार पत्ता जिनटप भिटामिन गरी दश लाख ४३ हजार मूल्यबराबरको अवैध सामान बरामद गरिएको उनले बताए। 

यसअघि पनि वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले भारी परिमाणको अवैध सामान नेपालगन्जबाट बरामद गरेको थियो। नाकामा खटिएका सशस्त्र प्रहरीको मिलेमतोमा तस्करले भारतबाट ल्याएको सामान प्रहरीले नेपालगन्जबाट बरामद गर्दै आएको छ।