१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१७:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

इलामको उम्मेदवार चयनमा कांग्रेसभित्र विवाद : संस्थापन खड्का र इतर समूह आचार्यको पक्षमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१७:oo

एमाले, रास्वपा र राप्रपाले उम्मेदवार टुंग्याएर चुनावी प्रचार थालिसक्दा पनि इलाम २ को उम्मेदवार चयनमा विवाद बढेपछि कांग्रेसभित्र छलफल लम्बिएको छ । मंगलबार सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकमा सभापति देउवा र महामन्त्री विश्वप्रकाश शर्मा दुई खेमामा बाँडिएर विवाद बढेपछि बैठक विनानिष्कर्ष टुंगिएको हो । २४ चैतमा उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका छ । 

सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग पराजित डम्बर खड्कालाई नै मौका दिनुपर्ने प्रस्ताव गरेका छन् । महामन्त्री शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेता शेखर कोइराला भेषराज आचार्यलाई टिकट दिनुपर्ने पक्षमा उभिएका छन् । तर, देउवा टसमस नभएपछि बैठक विनानिष्कर्ष टुंगिएको हो ।

 प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने एकजनाको नाम टुंगो लगाउँदा सिफारिसमा परेकालाई पनि बोलाएर छलफल गरी सम्झाउने नीति लिइएकाले बुधबारसम्म छलफल लम्बिएको बताए । ‘सोमबार अनौपचारिक छलफल भएको थियो, मंगलबारको संसदीय बोर्डको औपचारिक बैठकमा सिफारिसमा आएका नाममाथि सबैले धारणा राखे पनि छलफल जारी रहेकाले बुधबार २ बजे बस्ने गरी बैठक टुंगिएको छ,’ उनले भने, ‘आकांक्षी सातजना भएकाले एकजनाको पक्षमा निर्णयमा पुग्दा अरू साथीहरूलाई पनि बोलाएर छलफल गरेर सम्झाएर मात्र टुंगोमा पुगौँ भन्ने भएकाले छलफल लम्बिएको हो ।’

जिल्लाबाट डम्बर खड्का, नगेन्द्र कुमाल, केशव थापा, भेषराज आचार्य, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस भएको थियो । उनीहरूमध्ये देउवा खेमाले पुरानै उम्मेदवार दोहोर्‍याउने अडान राखेको छ भने शर्मासहित शेखर कोइरालाले जिल्लाको वस्तुस्थिति र प्रतिवेदनअनुसार आचार्यलाई टिकट दिँदा मात्र चुनाव जित्ने जिकिर गरेका थिए । सभापति देउवाले भने खड्कालाई नै टिकट दिने, तर अरूलाई पनि मनाउन कोसिस गर्ने मनस्थिति बनाएका छन् । 

‘राष्ट्रिय व्यक्तित्वसँग चुनाव लडेर थोरै मतान्तरमा पराजित भएका कारण धेरै साथीहरूले डम्बरजीलाई नै दोहोर्‍याउँदा उपयुक्त हुने सुझाव दिनुभएको छ,’ विश्वकर्माले भने, ‘उहाँ पार्टी जिल्ला सभापति पनि हो, तर भेषराजजीसहित दोस्रो, तेस्रोमा रहनुभएका उत्तिकै प्रतिस्पर्धी साथीहरू हुनुभएकाले सबैलाई मनाएर मात्र निर्णयमा पुग्ने पार्टीको निष्कर्ष हो ।’ कांग्रेसले महामन्त्री शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई इलामको वस्तुस्थिति बुझेर उम्मेदवारबारे प्रतिवेदनसहित सुझाव दिने जिम्मेवारी दिएको थियो । बैठकमा शर्माले भने आचार्यलाई टिकट दिँदा मात्र जित सुनिश्चित हुने प्रतिवेदन बुझाएका छन् । सोमबारको बैठकमा उनले पार्टी एकढिक्का र सक्रिय भएर लाग्दा चुनाव जित्ने अवसर आएको ब्रिफिङ गरेका थिए ।

एमाले, रास्वपा, एकीकृत समाजवादी, राप्रपा, पहिचानवादी समूहलगायतले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाइसकेका छन् । पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार खड्का तत्कालीन संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँग एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए ।