Skip This
बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा मन्त्रिपरिषद् विस्तार, एमालेका चार मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

बागमती प्रदेशमा एमालेका तर्फबाट मंगलबार चार मन्त्री थपिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार एकैदिन दुईपटक मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा एमालेबाट चारजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि बिहान मात्रै एकीकृत समाजवादीकी रमा आलेमगरले विनाविभागीयमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। एमालेबाट प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री, केशव पोख्रेलले वन तथा वातावरणमन्त्री, एकालाल श्रेष्ठले खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री र रामेश्वर श्रेष्ठले स्वास्थ्यमन्त्रीका रुपमा शपथ लिएका छन्।

प्रदेशमा पाँच मन्त्री पाएको एमालेबाट यसपटक ४ जना पुरानै अनुहार दोहोरिएका छन् भने एकजना नयाँ अनुहार थपिएका छन्। १७ चैतमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका जगन्नाथ थपलियासहित मंगलबार एमालेबाट मन्त्री बनेका केशव पोखरेल, एकलाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ  पुराना अनुहार हुन्।

उनीहरू गत वर्ष २५ पुसमा बनेको एमाले, माओवादी केन्द्र र राप्रपा गठबन्धनको सरकारमा समेत मन्त्री बनेका थिए। यस्तै, एमालेबाट प्रकाश श्रेष्ठ पहिलोपटक मन्त्री बनेका हुन्। केन्द्रमा सत्ता परिवर्तन भएपछि दुई महिना सरकारमा रहेको एमाले १० चैत ०७९ मा सरकारबाट बाहिरिएपछि उनीहरूले पदबाट राजीनामा दिएका थिए।

कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व पाएको छ। कांग्रेसले छोडेको संस्कृति, पर्यटन तथा सहकारीमन्त्रीमा भने १५ चैतमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य  नियुक्त भइसकेका छन्।