१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यही संविधानबाट समाजवाद आउन सक्दैन : यादव

‘यो निर्वाचन प्रणालीमा करोडौँ करोड खर्च गरेर सांसद संसद्मा पुग्छन्, तिनबाट समाजवादको आशा गर्न सकिँदैन’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

जसपाका अध्यक्ष उपेन्द्र यादवले यही संविधानबाट समाजवाद आउन नसक्ने बताएका छन्। 

समाजवादी मोर्चाले आज राजधानीमा गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक बृहत् अन्तर्क्रियामा यादवले अहिलेको संविधान नै समाजवादको बाधक रहेको बताए।

करोडौँ खर्च गरेर संसद् पुग्ने सांसदबाट समाजवादको आशा गर्न नसकिने उनको भनाइ थियो। उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले संविधानमा रहेको यो शासकीय स्वरूपबाट समाजवाद आउन नसक्ने धारणा राखे। 

‘यही संविधानबाट नेपाली विशेषतामा आधारित समाजवाद आउन सक्दैन। अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको पूरै बाधक छ,’ उनले भने, ‘यो शासकीय स्वरूपबाट समाजवाद आउँदैन । यो निर्वाचन प्रणालीमा करोडौँ करोड खर्च गरेर एउटा सांसद संसदमा पुग्छन्, तिनबाट समाजवादको आशा गर्न सकिँदैन ।’ 

उनले संविधानमा समाजवादउन्मुख लेखिए पनि उदार पुँजीवादी यात्रामा अहिले हिँडिरहेको बताए। ‘संविधानमा समाजवादउन्मुख लेखिएको छ। तर, हाम्रो यात्रा उदार पुँजीवादतर्फ गइरहेको छ । यो अलमलले समाजवाद आउन सक्दैन,’ उनले बताए। 

उनले समृद्धि नभई समाजवाद नआउने भन्दै नेपालको उर्वर माटो र जलस्रोत समृद्धिको आधार बन्न सक्ने बताए । ‘हामीसँग विश्वको उर्वर भूमि छ, कृषिको आधुनिकीकरण गरौँ समाजवाद आउँछ । जलस्रोतमा पुँजी र प्रविधि लगायौँ भने समाजवाद आउँछ,’ उनले भने।