१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४६:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

कुमार नगरकोटीको ग्राफिक नोभल ‘जे थर्टी–थ्री’को नाटकीय मञ्चन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४६:oo

कुमार नगरकोटीको नयाँ ग्राफिक नोभल ‘जे थर्टी–थ्री’ नाटकीय प्रस्तुतिमार्फत मञ्चन गरिएको छ।

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा शनिबार शिल्पी थिएटर ग्रुपले ग्राफिक नोभलको अंशमा आधारित सांगीतिक नाटक प्रस्तुत गर्दै मञ्चन गरिएको हो। 

सो नाटक हेर्न दुई सयभन्दा बढी दर्शक उपस्थित थिए। नाटकमा नोभलका विभिन्न पात्र रंगमञ्चमा जीवन्त बनेरआएका थिए । डा. वाग्ले र जंगबहादुर राणाका अंगरक्षकलगायत नोभलका पात्रहरूसँग दर्शकलाई परिचय गराइएको थियो । 

नाटकले दर्शकलाई वैकल्पिक संसारमा पुर्‍यायो, जहाँ जंगबहादुर राणा अझै पनि काठमाडौं सहरमुनिको काल्पनिक सहर ‘वर्ल्ड हेरिटेज प्लाजा’मा जीवित छन् । 

हरेक वर्ष जंगबहादुर राणाका अंगरक्षक नयाँ ग्रेगोरियन क्यालेन्डर किन्न काठमाडौं आउने गर्छन् । सोही सन्दर्भमा डा. वाग्लेले नोभलका केही कथा दर्शकलाई सुनाउँछन् । 

नाटकीय प्रस्तुतिले नयाँ नोभलप्रतिको उत्सुकतालाई झनै बढाएको थियो । दर्शकहरूले उक्त प्रस्तुतिलाई निकै मन पराएका थिए । 

नाटक सकिएपछि लेखक कुमार नगरकोटीले धन्यवाद मन्तव्य राखे । नोभल निर्माणमा लामो समय लागेको उनको भनाइ थियो । ‘नेपाली साहित्यमा ग्राफिक नोभलको पनि परिचय दिनुपर्छ भन्ने मलाई सधैँ लाग्थ्यो । त्यसैले ‘जे थर्टी–थ्री’ लेख्न थालेँ,’ उनले भने । 

नगरकोटीका अनुसार उपन्यासले वैकल्पिक इतिहास चित्रण गर्दछ । आफूले प्रायः लेख्ने ‘सर्रियल फ्यान्टासी’ विधालाई यसमा निरन्तरता दिएको उनले जनाए । नोभलको सुन्दर चित्रणका लागि शिल्पी थिएटर समूहलाई उनले धन्यवाद दिए । 

‘मेरो लेखन यात्रा २५ वर्ष पुगेको छ । यस यात्रामा साथ दिनुहुने सबैलाई धन्यवाद,’ उनले भने । पुस्तक विमोचनलाई यस्तो रचनात्मक रूपमा मनाउन पाउँदा खुसी लागेको पनि उनको भनाइ छ । 

आफ्नो नयाँ प्रोजेक्टका रूपमा नेपाली चलचित्र लेखिरहेको पनि उनले जनाए । कुमार नगरकोटी कवि, निबन्धकार, उपन्यासकार, लघुकथा लेखक हुन्, जो आफ्नो भिन्न जीवनशैली र कथाका लागि परिचित छन् ।