१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा एकीकृत समाजवादीकी सांसद रमा आलेले लिइन् मन्त्रीको शपथ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:४५:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  एकीकृत समाजवादीकी सांसद रमा आले मगरले मन्त्री पदको शपथ लिएकी छिन् । उनले विनाविभागीयमन्त्रीको रूपमा शपथ लिएकी हुन् । मन्त्री आलेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार बिहान पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएलगत्तै सोमबार साँझ आलेलाई विनाविभागीयमन्त्री नियुक्त गरेका थिए । एकीकृत समाजवादीबाट बागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद आले मन्त्री बनेकी हुन् । उनी गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर १० को प्रदेश सभा निर्वाचन क्षेत्र ‘२’ बाट निर्वाचित भएकी थिइन् । 

विनाविभागीयमन्त्रीमा शपथ लिएकी मन्त्री आलेले एक साताभित्र मन्त्रालयको टुंगो लगाउने मुख्यमन्त्रीले आश्वासन दिएको बताइन् । आलेले मन्त्री पदमा शपथ लिएसँगै प्रदेशमा मन्त्रीको संख्या आठ पुगेको छ । १२ मन्त्रालय रहेको बागमती प्रदेशमा मुख्यमन्त्रीसहित माओवादी केन्द्रका चार, एमालेका एक, एकीकृत समाजवादीका तीन तथा हाम्रो नेपाली पार्टीका एकजना मन्त्री रहेका छन् ।

बाँकी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलसँगै रहेको छ । सत्तासाझेदार दल एमालेबाट थप हुने मन्त्रीलाई सकेसम्म आजै नियुक्त गरिने र शपथग्रहण गराइने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्राेतले जनाएको छ ।

ad
ad