१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:o२:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

परिमल जुम्लीको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:o२:oo

साहित्यकार रामकृष्ण बुढ्थापा परिमल जुम्लीको गीतिनाटक ‘प्रतिज्ञा’ विमोचन गरिएको छ।

सोमबार पत्रकार महासंघ जुम्लाको सभाहलमा संविधानसभा सदस्य डिल्ली काफ्ले, उच्च अदातल सुर्खेत जुम्ला इजलासका न्यायाधीश कैलाश गुरुङ, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश गुरुङले पुस्तक पढ्दा मुनामदनको झल्को दिएको बताए। प्रमुख जिल्ला अधिकारी घिमिरेले समाजमा रहेका विकृति विसंगति न्यूनीकरण गर्न लेखक तथा रचनाकारको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे।

यसैगरी, एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले गीतिनाटक प्रतिज्ञाका लेखक बुढ्थापा एक कुशल व्यक्ति र समाजसेवी रहेको बताए। चन्दननाथ नगरपालिका – २ खोलीकोटका बुढ्थापाले यसअघि ‘शपथ र नाता’ (नाटक), ‘हाम्रो स्वर्ग र छोरी’ (उपन्यास), ‘परिमल जुम्लीका चिठ्ठीहरू’ (लेखसंग्रह)लगायतका पुस्तकहरु प्रकाशन गरिसकेका छन्।