मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १५:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित 

एकीकृत समाजवादीमा देखिएको समस्या कारण बैठकमा ढिलाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३३:oo

बागमती प्रदेश सभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

आजको बैठकमा बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ। सत्तागठबन्धन दल एकीकृत समाजवादीमा देखिएको समस्या कारण बैठक बस्न ढिलाइ भएको हो।

एकीकृत समाजवादीकी प्रदेश सभा सदस्य रमा आले मगर काठमाडौंमै भएपछि बैठक समयमै बस्न नसकेको हो। मगर भर्खरै संसद् सचिवालय आइपुगेकी छिन्।

उनले मन्त्री पद पाउनुपर्ने माग गरेको बताइएको छ। मगरलाई गठबन्धनका नेताहरूले मन्त्री बनाउने आश्वासन दिएपछि उनी हेटौँडा आएकी हुन्।