१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १४:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘विद्युतीय व्यापारलाई नियमनको नाममा नियन्त्रण गर्नुहुँदैन’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १४:o३:oo

नेकपा एमालेका सांसद रघुजी पन्तले विद्युतीय व्यापार विधेयक नयाँ स्टार्टअपहरूलाई अनुकूल हुने किसिमले ल्याउनुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभामा उद्योगमन्त्री दामोदर भण्डारीले पेस गरेको विद्युतीय व्यापार विधेयक, २०८० माथिको छलफलका क्रममा उनले विधेयकले विद्युतीय व्यापारलाई प्रोत्साहन गर्नेभन्दा पनि नियन्त्रण गर्न खोजेको टिप्पणी गरे।

चीन र भारतजस्ता ठूला अर्थतन्त्रसहित नेपालमा पनि विद्युतीय व्यापारको हिस्सा बढ्दै गइरहेको उल्लेख गर्दै उनले भने, ‘यो व्यापारलाई प्रवर्द्धन र नियमन गर्न जरुरी छ। तर, नियन्त्रणको नाममा अनावश्यक नियन्त्रण गरिने विधेयक अगाडि सारिनुहुँदैन।’

पुँजी नभएका, तर आइडिया भएका स्टार्टअपहरूलाई प्रोत्साहन गरी ल्याउनुपर्ने सुझाव दिँदै पन्तले भने, ‘आज कुनै डोको बुन्ने मान्छेले ५० वटा डोको बुनेर त्यसको फोटो खिचेर फेसबुकमा राखेर व्यापार गर्न सक्छ। ह्वाट्सएपमा राखेर व्यापार गर्न सक्छ।’

आमनागरिकले पनि सामाजिक सञ्जालबाट  व्यापार गरिरहेकातर्फ संकेत गर्दै पन्तले यस्ता व्यापारलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ट पारे।

ad
ad