१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आमाको हत्या आरोपमा छोरा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२७:oo

मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका– १० तल्लो बिसिङखेल बस्ने २६ वर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दिएको जानकारीअनुसार उनलाई इलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार राति पक्राउ गरेको हो ।

आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या छोरा मिलनले नै गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ३० फागुनमा ज्ञानीमाया आफ्नै घरको खाटमा सुतिरहेको अवस्थामा मृत भेटिएकी थिइन् । 

घटनाबारे अनुसन्धान गर्ने क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको थियो। पक्राउ परेका मिलनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

ad
ad