१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तेजराज भट्ट तेजराज भट्ट
२o८१ बैशाख २२ शनिबार १८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

माओवादीले बझाङमा प्रदेश सचिव बुढालाई उम्मेदवार बनाउने

Read Time : < 1 मिनेट
तेजराज भट्ट, तेजराज भट्ट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:१४:oo

नेकपा माओवादी केन्द्रले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने भएको छ। धनगढीमा सम्पन्न माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो। 

माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले उपनिर्वाचनको उम्मेदवारमा बुढाको नाम सर्वसम्मत सिफारिस गरिएको जानकारी दिए। ‘हामीले उम्मेदवारको नाम सर्वसम्मत सिफारिस गरेका छौँ, पार्टी केन्द्रले औपचारिक घोषणा गर्छ,’ प्रदेश सचिवालयको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने।

बुढा २०७० को संविधानसभा सदस्य हुन्। २०५६ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका उनी २०५८ मा भूमिगत भएका थिए। उनी २०५८ देखि २०६० सालम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य, २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भए। २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा थिए।

२०५८ सालमा उनकी श्रीमती तत्कालीन शाही नेपाली सेनाबाट मारिएकी थिइन् भने घरमा आगजनी गरिएको थियो। २०७८ सालदेखि पार्टीको प्रदेश सचिव रहेका बुढाले पार्टीले दिएको जिम्मेवारीअनुसार आफू चुनावी प्रतिस्पर्धाका लागि तयार रहेको बताए।

त्यस्तै, माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ। उपनिर्वाचनलाई लक्षित गरेर पहिलो चरणको अभियान वैशाखमा हुने प्रदेश इन्चार्ज पोखरेलले जानकारी दिए।

बझाङ क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। बझाङ र इलाममा आगामी १५ वैशाखमा उपनिर्वाचन हुँदै छ।

ad
ad