१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

संवैधानिक परिषद्को बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४९:oo

देउवा र ओलीसँग प्रधानमन्त्रीको छलफल 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार दल एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डका प्रेसविज्ञ मनहरि तिमल्सिनाका अनुसार शीर्ष नेताहबीच शनिबार साँझ बालुवाटारमा भेटवार्ता भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संवैधानिक परिषद् संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगोमा पु¥याउने विषयमा शीर्ष नेताहरूबीच छलफल भएको हो । तिमल्सिनाले संवैधानिक परिषद्को बैठक टिआरसी विधेयकसहित समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

आइतबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । परिषद् बैठकमा आयोगमा पदाधिकारीहरूको नियुक्ति सिफारिस गर्ने तयारी छ ।

निर्वाचन, महिला, समावेशी र मुस्लिम आयोगमा सदस्य पद रिक्त छ । महालेखापरीक्षक पद पनि रिक्त छ । परिषद् बैठकमा महालेखाकै नियुक्ति छलफल मुख्य एजेन्डा रहेको स्रोतले बतायो । सर्वाेच्च अदालतले सत्य निरूपण र छानबिन आयोगमा समयसीमा नै तोकेर नियुक्ति गर्न आदेश दिए पनि अहिलेसम्म रिक्त छ ।

ad
ad