Skip This
२२ लाखको सामानको बीजक दुई लाख मात्रै, राजस्वले नियन्त्रणमा लियो गाडी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १७ शनिबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o चैत १७ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२२ लाखको सामानको बीजक दुई लाख मात्रै, राजस्वले नियन्त्रणमा लियो गाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १७ शनिबार १८:३७:oo

राजस्व अनुसन्धान कार्यालय पथलैयाले बिलबिजकभन्दा बढी मूल्यको सामान बोकेको गाडी नियन्त्रणमा लिएको छ।

राजस्व अनुसन्धान कार्यालयले गत बुधबार प्रदेश २–०३–००१ च ५९३८ नम्बरको गाडीमा बिजकभन्दा बढी मूल्यको सामान फेला परेपछि नियन्त्रणमा लिएको हो। करिब २२ लाख रुपैयाँबराबरको लाइटर, धारोका सामग्री र कपडा बोकेको उक्त गाडीमा दुई लाख रुपैयाँको मात्र बिल बनाएर सामान ल्याइँदै थियो।

उक्त गाडी वीरगन्ज महानगरपालिका–१० मा सञ्चालित कालिकामाई इन्टरप्राइजेजका सञ्चालक राजीव चौरसियाको रहेको पाइएको कार्यालयले जनाएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख प्रेमप्रसाद सापकोटाले केही दिनदेखि नियन्त्रणमा रहेको गाडीमा बीजकमा उल्लेख गरिएकोभन्दा बढी मूल्यको सामग्री पाइएको पुष्टि गरेका छन्। उक्त गाडीलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए।