Skip This
अहिलेको गठबन्धन होइन, समीकरण हो : अध्यक्ष ओली
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १५ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o चैत १५ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अहिलेको गठबन्धन होइन, समीकरण हो : अध्यक्ष ओली

गृहमन्त्रीको विषयमा कांग्रेसले ‘डबल स्ट्याण्डर्ड’ देखाएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १५ बिहीबार १७:५७:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सत्तामा रहेका दलहरूबीच गठबन्धन नभई समीकरण बनेको बताएका छन्। 

नेकपा एमाले झापाको ११औँ अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यो समीकरण मात्रै भएको उल्लेख गर्दै कसैका विरुद्धमा गठबन्धन नगरिएको जिकिर गरे।

‘विगतमा एमालेका विरुद्धमा गठबन्धन भएको थियो। देशलाई ओरालो लगाउने, नकारात्मक बनाउने त्यो टुट्यो, राम्रो भयो,’ उनले भने, ‘अहिलेको गठबन्धन होइन, नयाँ समीकरण हो। कसैको कसैसँग घाँटी जोडिएको छैन। यो कसैको विरुद्धमा गठबन्धन होइन, एउटा उद्देश्यका लागि समीकरण हो। समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्ने समीकरणको उद्देश्य हो।’

नयाँ समीकरणले देशमा आशा र भरोसा जागेको अध्यक्ष ओलीको दाबी छ।

गृहमन्त्री रवि लामिछानेको सन्दर्भमा कांग्रेसले ‘डबल स्टान्डर’ (दोहोरो चरित्र)  देखाएको ओलीले आरोप लगाए। कांग्रेसले अघिल्लो दिनसम्म लामिछानेलाई प्रधानमन्त्री अफर गर्ने र भोलिपल्ट संसदमा राजीनामा माग्ने काम गरेको उनले बताए। 

ओलीले संसद्को राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अनावश्यक ‘पावर एक्सरसाइज’ गरेको आरोपसमेत लगाए।

फरक प्रसंगमा अध्यक्ष ओलीले नेतृत्व चयनका लागि भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएका छन्। आन्तरिक संघर्षले पार्टी कमजोर हुने भन्दै उनले एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका हुन्।

इलाम– २ मा हुने उपनिर्वाचनमा पार्टीको सिफारिस मागेर र जनमत बुझेर सुहाङ नेम्वाङलाई टिकट दिएको प्रस्ट पारे।

‘सुवासजीले यसअघि सानो मतले जित्नुभयो। सुहाङले जित्नुहुन्छ। तर, टुपुक्क जितेर मात्र भएन, भारी मतले जित्नुपर्छ। झापा इलामसँग जोडिएको जिल्ला हो। यहाँबाट सहयोग गर्नुपर्छ,’ उनले भने, ‘माओवादी केन्द्रले निर्णय गरेर नै एमालेको उम्मेदवारलाई सहयोग गर्नेछ। अरू पार्टीले पनि सहयोग गर्छन्।’