१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकाबाट स्क्रिन एडिक्सन छुटाउन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ११:२२:००

हिजोआज बच्चा अधिकांश समय डिजिटल स्क्रिनमा झुम्मिएका हुन्छन् । उनीहरू फुटबल र क्रिकेटजस्ता खेल पनि एपमार्फत मोबाइलमा खेल्छन् । बच्चामा स्क्रिनिङलाई लतबाट बाहिर ल्याउने प्रमुख उपाय उसलाई शारीरिक रूपमा सक्रिय गराउने हो । यसका लागि फुटबल, क्रिकेट, एथेटिक्सलगायत खेल खेलाउन सकिन्छ । बाहिर घुमाउन लैजान पनि सकिन्छ । हिँड्ने, कुद्ने गर्न थालेपछि बिस्तारै यो लत छुट्दै जान्छ । अभिभावक केही कुरामा सचेत हुन जरुरी छ । 

बच्चाले मोबाइल माग्नासाथ दिन हुँदैन । उसलाई अन्य कामबारे सम्झाउनुपर्छ र त्यसमा व्यस्त राख्नुपर्छ । होमवर्क गर्न बाँकी छ भने त्यसबारे सम्झाउनुपर्छ । परिवारमा कोही पाहुना आउँदै छन् भने ती व्यक्तिसँग समय व्यतीत गर्न प्रोत्साहन गर्नुपर्छ । यस्ता काममा व्यस्त हुँदा मोबाइल चलाउने कुरा बिस्तारै 

बच्चाको दिमागबाट हट्नेछ । बच्चालाई सुत्नुअघि कहिल्यै मोबाइल फोन दिनुहुँदैन । किनकि, सुत्नुअघि मोबाइल हेर्दा बच्चाको निद्रा बिग्रन सक्छ । 

केही उपाय 
- विभिन्न क्रियाकलाप गरेर परिवारका सदस्य घुलमिल हुने वातावरण बनाउनुपर्छ । बिदाको समय आफ्नो परिवारसँग हिँड्ने, स्विमिङ जानेलगायत गर्न सकिन्छ । यसले तपाईंको बच्चालाई एक्टिभ राख्छ । त्यस्तै, उसको स्वास्थ्य पनि राम्रो हुन्छ । 

- प्रकृतिसँग समय खर्चिँदा बच्चा फिट रहन्छन् । मोटोपन र अल्छीपन हुँदैन र पढाइमा राम्रो गर्छन् । 

- खेलकुदमा लाग्नाले कल्पना शक्ति बढ्छ, जसले सिर्जनशीलता बढाउँछ ।

- प्राकृतिक प्रकाशले शरीरमा ऊर्जा दिन्छ, जसले हड्डी बलियो बनाउँछ ।  

- बाहिर खेल्न निस्किँदा आँखाको ज्योति कमजोर हुने समस्याबाट बच्न सकिन्छ ।