१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका मध्यविन्दु (नवलपरासी)
२o८१ जेठ २ बुधबार १o:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तराई–मधेशमा आज होली मनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मध्यविन्दु (नवलपरासी)
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o७:oo

रङहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो ।  तराई–मधेशमा होली पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।   

नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,  मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । मगर, थारू समुदायको बाक्लो बसोवास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पनि आज होली पर्व मनाइँदै छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङले तरंगित तुल्याउने होली उल्लास र रंगीचंगी  पर्वको रूपमा लिने गरिन्छ ।  

सबैलाई एउटै रङमा रंग्याउने होली पर्व समानता र सदभावको प्रेरणास्रोत रहिआएको पण्डित बुद्धिसागर भण्डारीले बताए । ‘असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ,’ उनले भने, ‘धार्मिक महत्व सँगसँगै सामाजिक सदभाव र उमंग प्रदान गर्न होलीको विशेष भूमिका रहेको छ ।’

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नामबाट मनाउन थालिएको भण्डारीले बताए । रसरङ, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रंग्याउने, ढोल, डम्फु, मृदङ बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा रहेको छ । 

ad
ad