मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १० शनिबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १० शनिबार १६:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा पदमा बस्ने छुट छैन : काेइराला

‘सत्तागठबन्धनले ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसेकोमा अचम्मित छु’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १६:११:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन्।

सडकदेखि संसद्सम्म चौतर्फी विरोध भइरहेको भन्दै उनले लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको आशंका उब्जाएको कोइरालाले बताए। ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ उनले भने।

मध्यबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा कोइरालाले सत्तागठबन्धनले ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंका चेतनशील मानिसहरू चुपचाप बसिरहेको उल्लेख गर्दै अचम्म लागेको बताए। 

स्थानीय कार्यकर्ताहरूले पार्टीमा चाकडी प्रथा हाबी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरूले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासाहरू राखेका थिए।

कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौं–१ का क्षेत्रीय सभापति रविबिक्रम राणा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कुलप्रसाद कोइराला, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरि अर्याल, वरिष्ठ पत्रकार हरिहर बिरहीलगायतको सहभागिता थियो।