मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
रासस काठमाडौं
Invalid date format १७:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पाँच वर्षमा पाँच खर्बको सफ्टवेयर निर्यात गर्न सकिने सम्भावना : अर्थमन्त्री पुन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४२:oo

अर्थमन्त्री वर्षमान पुनले आगामी पाँच वर्षमा पाँच खर्बबराबरको सफ्टवेयर निर्यात गर्न सकिने एक अध्ययनले देखाएको भन्दै आगामी बजेटमा यो क्षेत्रलाई विशेष प्राथमिकता दिइने बताएका छन्।

‘अघिल्लो आवमा सफ्टवेयरलगायत उपकरण नेपालबाट रु. ७६ अर्बबराबरको निर्यात भएको देखिन्छ। एक अध्ययनले पनि आगामी पाँच वर्षमा पाँच खर्बबराबरको सफ्टवेयर निर्यात गर्न सकिने देखाएको छ,’ अर्थमन्त्री पुनले भने, ‘वार्षिक १० हजार जनशक्ति सूचना प्रविधि क्षेत्रमा आइरहेकाले उनीहरूलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने गरी सूचना प्रविधिको क्षेत्रलाई बजेटले प्राथमिकता दिनेछ।’

बिहीबार प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको बैठकमा मन्त्री पुनले सो कुरा बताएका हुन्। उनले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्यलगायत विषयलाई प्राथमिकता दिएर बजेट ल्याउन सांसदहरूले उठाएका विषय र सुझावलाई सम्बोधन गरिने विश्वास व्यक्त गरे।