१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o८:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘आइसिपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुन्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२o:oo

भारत केन्द्रीय सरकारका वित्त राज्यमन्त्री पंकज चौधरीले नेपालको आइसिपीसम्म रेलसेवा विस्तारको काम छिट्टै हुने बताएका छन् ।सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारीसँगको भेटमा रेलसेवा विस्तारका विषयमा आफू पहिलेदेखि नै सकारात्मक रहेको बताउँदै उनले आफ्नो तर्फबाट सबै किसिमका पहल हुने आश्वासन दिए । 

यसअघि मन्त्री चौधरीसँग भएको अनौपचारिक भेटमा व्यापार सहजीकरणलगायत विषयमा छलफल गर्नुका साथै आइसिपीसम्म रेलसेवा विस्तार गर्ने आग्रह गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए । भैरहवामा रहेका  वित्त राज्यमन्त्री चौधरीसँग नौतनवासम्म सुचारु रहेको रेलसेवा आइसिपीसम्मै विस्तार गरी दुई देशको व्यापारमा सहजीकरण गर्न आग्रह गरेका थिए । भारत सरकारले लगाएको ब्युरो अफ इन्डियन स्ट्यान्डर्ड (बिआइसी) पनि हटाउन मन्त्री चौधरीसँग संघका पदाधिकारीले अनुरोध गरेका छन् ।

नेपालमा उत्पादित सामान भारत निकासी गर्दा बिआइसी प्रमाणित चिह्न लिनुपर्छ । यसले नेपाली उत्पादन निकासीमा असर पुर्‍याउने भन्दै उक्त व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको संघका महासचिव कृष्ण घिमिरेले बताए ।‘भारतले खाद्यान्न निकासीमा लगाएको अतिरिक्त कर हटाउन पनि आग्रह गरेका छौँ,’ महासचिव घिमिरेले भने । संघले भारतीय एयरलाइन्समार्फत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरी सहयोग गर्न पनि अनुरोध गरेको छ ।