१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १६:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जितपुरसिमरा क्रिकेट कप : वर्षाले जनकपुर र भैरहवाबीचको खेल स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o९:oo

जितपुरसिमरा टी–२० क्रिकेट कप प्रतियोगिताअन्तर्गत बुधबारको खेल वर्षाका कारण स्थगित भएको छ। बिहानैदेखि परेको वर्षा नरोकिएपछि जनकपुर पिस फाउन्डेसन र खुकुरी क्रिकेट क्लब भैरहवाबीचको खेल स्थगित भएको हो। 

आयोजक अभियान नेपालका संरक्षक त्रिलोकविक्रम शाहले वर्षाका कारण प्रभावित भएको खेललाई बिहीबार सारिएको बताए। वर्षा नरोकिएका कारण बुधबारको खेल बिहीबार र बिहीबारको खेललाई शुक्रबार सारिएको शाहले जानकारी दिए।

राउन्ड रोबिनका आधारमा सञ्चालित प्रतियोगितामा समूह ‘बी’को दुई खेल बाँकी छ। यस समूहमा मकवानपुर, जनकपुर र भैरहवा छन्। 

समूह ‘बी’को मंगलबार सम्पन्न पहिलो खेलमा मकवानपुरले जनकपुरलाई ३१ रनले पराजित गरेको थियो। समूहको दोस्रो खेलमा जनकपुर र भैरहवा भिड्नेछन् भने तेस्रो खेलमा मकवानपुर र भैरहवाबीच प्रतिस्पर्धा हुनेछ। 

यस समूहको विजेताले समूह ‘ए’को विजेता पर्सा क्रिकेट संघसँग चैत १० गते फाइनल खेल्नेछ। समूह ‘ए’बाट लगातार दुई खेल जित्दै पर्सा यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ। 

आयोजक जितपुरसिमरा स्पोर्टस् क्लब र कलैया क्रिकेट क्लबलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको हो। अभियान नेपालको आयोजना र जितपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा जारी प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद प्राप्त गर्नेछन्।