१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुर्गा प्रसाईंकाे रिटमाथि १२ चैतमा फैसला आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४३:oo

बी एन्ड सी मेडिकल कलेजको सम्बन्धनका विषयमा सर्वोच्च अदालतले फैसला दिने भएको छ। व्यवसायी दुर्गा प्रसाईंले दायर गरेको दुई र अर्को एक रिटमाथि १२ चैतमा फैसला आउने भएको हो।

तीन दिनको सुनुवाइपछि मेडिकल कलेजको सम्बन्धका विषयमा सर्वोच्चले निर्णय सुनाउने मिति तोकेको हो। न्यायाधीशहरू कुमार चुडाल र शारंगा सुवेदीको इजलासले तीनवटै रिटमाथि १२ चैतमा फैसला दिने भएको हो।

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरे पनि झापाको बिर्तामोडस्थित उक्त कलेजलाई सम्बन्धन नदिइएको विषयमा प्रसाईंसमेतले विभिन्न मितिमा रिट दर्ता गराएका थिए। कलेजकै विषयमा ०७७ देखि ०७८ सम्म तीन रिट परेका थिए।