१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय गौरवको अभियानको रूपमा स्वास्थ्य बिमा कार्यक्रम घोषणा गरिनेछ : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२७:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । 

प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरूको परिवारको  अनिवार्य बिमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने बताए । 

‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बिमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्नेलगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । 

नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बिमा बोर्डमार्फत सामाजिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म ३३.२ प्रतिशत  घरपरिवार तथा २४.७ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको दायरामा आएका र सात सय ५१ पालिकासम्म स्वास्थ्य बिमाको पहुँच पुगेको बताए । 

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बिमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बिमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरिब परिचयपत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरिब नागरिकको प्रिमियमको व्यवस्था गर्ने बताए ।