
काठमाडौं जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छाड्न आज आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गुरुङलाई गत १४ फागुनमा पक्राउ गरेको थियो।