१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ४ आइतबार २१:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशी र लुम्बिनीको नामांकन र सीमांकन पहिचानको आधारमा गराउन आन्दोलनको नेतृत्व गर्ने जनमतको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ४ आइतबार २१:४५:००

जनमत पार्टीले कोशी प्रदेशमा चलिरहेको पहिचानसहितको प्रदेश सीमांकन र नामांकन गर्न आन्दोलनको नेतृत्व गर्ने निर्णय गरेको छ।

वीरगन्जमा दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले लुम्बिनी प्रदेशको नाम अस्वीकार गर्दै मधेश–थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय पनि गरेको छ।

‘प्रदेश नं.  १ मा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको प्रदेश सीमांकन तथा नामांकन गर्न आन्दोलनको नेत्तृत्व गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेश–थरूहट आन्दोलनको मर्मबमोजिम लुम्बिनी प्रदेशको सीमांकन तथा नामांकन परिवर्तन गराउन नेतृत्व गर्ने निर्णय गरियो।’

बैठकले प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐनकानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय पनि गरेको छ। यस्तै, आर्थिक मन्दीका कारण थला परेका उद्योग व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने निर्णय पनि गरेको छ।

बैठकले आगामी रोपाइँ यामको लागि किसानहरूको लागि मलखाद र बिउबिजनको समयमै सहज उपलब्धताको लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ।

जनमतले मधेशमा गर्मी याममा हुने गरेको खानेपानीको अभावको समस्यासँग जुध्न पूर्वतयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट प्रदान गर्न संघीय सरकारलाई दबाब दिने भएको छ।

अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तारका लागि  सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भ्रातृ संगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेर समूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। 

बैठकले ‘आखिर नेपालको विकास किन भएन? रिभर्स इन्जिनियरिङ दृष्टिकोण तथा दोस्रो गणतन्त्र तथा सामाजिक लोकतन्त्र’को लडाईं’ शीर्षकको राजनीतिक प्रस्ताव पारित गरेको छ। जनमतले १५ जेठ ०८० मा काठमाडौंमा हुने आमसभालाई भव्यताका साथ सम्पन्न गर्न तयारी गर्ने निर्णय गरेको छ।