१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ४ आइतबार ०७:५७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

लापसे गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ४ आइतबार ०७:५७:००

लागुपदार्थ सेवन गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चारजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार काठमाडौंको नागढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरीले बा.३च ८८२ नम्बरका एम्बुलेन्सचालक दोलखाको कालिन्चोक गाउँपालिका–३ का २५ वर्षीय सागर दर्जी, प्रदेश १–०१–००१ ख ४३४० नम्बरका बसका चालक सुनसरी–धरान उपमहानगरपालिका–१५ का ४३ वर्षीय भोला चिमरिया, बागमती प्रदेश ०३ ००१ ख १९ ९५ नम्बरका ट्रकचालक काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१० का २४ वर्षीय प्रवीण ठकुरी र ना.७ख ९५ ८२ नम्बरका ट्रकचालक मकवानपुरको थाहा नगरपालिका–१० का २५ वर्षीय नीलकण्ठ थापालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले उनीहरूको चेकजाँच गरेको हो । जसमा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाइरहेको अवस्थामा फेला परेका थिए । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बिरामी बोक्ने एम्बुलेन्स तथा यात्रु बोक्नेजस्तो संवेदनशील सवारीसाधन चलाउने चालकले नै लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ बताउँछन् । यसरी सवारीसाधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवनसमेत जोखिममा पर्ने भएकाले आफू सवार सवारीसाधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा तत्काल प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।