Skip This
जाजरकोट भूकम्प : रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 16 September, 2025
रासस रुकुम पश्चिम
Invalid date format १७:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोट भूकम्प : रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

Read Time : < 1 मिनेट
रासस, रुकुम पश्चिम
नयाँ पत्रिका
Invalid date format १७:o८:oo

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन्। भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ।

सो अवधिमा जिल्लाभर २९ हजार सात सय ६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। उनका अनुसार जिल्लाभर दुई हजार एक सय ९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्।

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा नौ सय ६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए।

चौरजहारी नगरपालिकामा छ हजार छ सय ६८, सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय २१, त्रिवेणीमा चार हजार तीन सय ३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार नौ सय ९३ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्।

हालसम्म जिल्ला विपत् व्यवस्थापन कोषबाट ३१ हजार तीन सय  लाभग्राहीका लागि स्थानीय विपत् न्यूनीकरण कोषमा रु. २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ। स्थानीय विपत् कोषबाट भने ३० हजार आठ सय ४१ लाभग्राहीले रु. २५ हजारका दरले रु. ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन्।

अब जिल्लामा पहिचान भएका तीन सय ५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।