१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

कुवेत दुर्घटनाका विषयमा श्रममन्त्रीले लिए जानकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:४२:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीनजना नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटना विषयमा जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

दूतावासका अनुसार दुर्घटनामा परी काठमाडाैं सानो भर्‍याङका  सुजन कार्की, अछामका सुरतबहादुर कडायत, धनुषाका धीरज गुर्मछान मगरको मृत्यु भएको हो।

मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।  साथै दुर्घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतक श्रमिकको परिवारले पाउने राहत प्रक्रिया अघि बढाउनसमेत  निर्देशन दिएका छन् ।

कुवेतस्थित दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिको निमित्त घटनाको  प्रकृतिको सम्बन्धमा थप बुझन स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीनजनाको नेपाली श्रमिकको दुर्घटनास्थलमै ज्यान गएको थियो ।

ad
ad