१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सन्दर्भ : विश्व मिर्गौला दिवस – मिर्गौला स्वस्थ राख्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३४:oo

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरका लगभग ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन् । कतिपयलाई आफू मिर्गौलाको समस्याबाट ग्रसित रहेको जानकारी पनि हुँदैन । मानिसको शरीरमा दायाँ र बायाँ गरी दुईवटा मिर्गौला हुन्छन्, तर एउटा मिर्गाैला भए पनि स्वस्थ र आरामदायी जीवन बाँच्न सकिन्छ ।

मिर्गाैलाको आकार लगभग चार–पाँच इन्चको हुन्छ, यो मानिसको मुट्ठीको आकारजस्तै हुने गर्दछ । मिर्गाैलाले शरीरमा पानीको मात्रालाई सन्तुलित गर्ने काम गर्दछ । यसले रगतमा रहेको विकारलाई फिल्टर गरी पिसाबको माध्यमबाट शरीरबाहिर फाल्ने कार्य गर्दछ । आफ्नो जीवनकालमा प्रत्येक १० जना व्यक्तिमध्ये एकजनामा मूत्र प्रणालीमा पत्थरी बन्न सक्ने सम्भावना हुन्छ । 

के गर्ने ?

  • पानी प्रशस्त पिउने । 
  • दैनिक व्यायाम गर्ने, तौल नियन्त्रणमा राख्ने । सन्तुलित भोजन गर्ने ।
  • के नगर्ने?
  • धूम्रपान नगर्ने । मद्यपान नगर्ने । मूत्रप्रणालीमा कुनै किसिमको समस्यामा देखिएमा आफूखुसी औषधि सेवन नगर्ने, चिकित्सकसँग सल्लाह गरेर मात्रै औषधि लिने । 

ध्यान दिनुपर्ने 

  •  मिर्गौलाको पत्थरीबाट जोखिने प्रमुख उपाय नै प्रशस्त पानी पिउने र प्रशस्त पिसाब फेर्ने हो । एउटा वयस्क व्यक्तिले दिनभरिमा कम्तीमा साढे दुईदेखि तीन लिटर पानी पिउनु राम्रो हुन्छ । वयस्क व्यक्तिले २४ घण्टामा दुईदेखि साढे दुई लिटर पिसाब फेर्नु राम्रो हुन्छ । त्यस्तै, आफ्नो पिसाबको रंगलाई पनि ध्यान दिनुपर्छ । सामान्य अवस्थामा हल्का पहेँलो (परालको रंगको) पिसाब आउँछ । तर, मिर्गौलामा समस्या देखिएमा पिसाबको रंग फरक हुन सक्छ । त्यस्तै, लामो समय पिसाब रोकेर बस्नुहुँदैन । यसले पिसाब थैली र मिर्गौलामा समस्या निम्त्याउन सक्छ र पिसाबको संक्रमण हुन सक्छ । 
  •  धूम्रपान मिर्गौलाको लागि हानिकारक हो । यसले मिर्गौलामा रगतको सञ्चारलाई घटाउने तथ्य विभिन्न सर्वेक्षणले पुष्टि गरिसकेका छन् । धूम्रपानले मूत्रप्रणालीको क्यान्सर गराउने जोखिम पनि रहन्छ । 
  •  साधारणतया मिर्गौलालाई जोखिममा पार्न सक्ने स्वास्थ्य समस्याहरू क्रोनिक किड्नी डिजिज, मिर्गौलाको पत्थरी, मिर्गौलाको क्यान्सर र मिर्गौला फेल हुनु हो । उच्च रक्तचाप, डायबिटिज, मूत्रप्रणालीको पत्थरी तथा संक्रमण नै मिर्गौलालाई जोखिमपूर्ण अवस्था ल्याउने प्रमुख कारण हुन् । पिसाबमा रगत देखिएमा युरोलोजिस्ट चिकित्सकसँग सल्लाह गरेर वेलैमा उपचार थाल्नुपर्छ । 
ad
ad