१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o७:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रुपन्देही सुपर लिग : प्रोफेसनल मास्टर्स ३७९ रनले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३४:oo

भैरहवामा चलिरहेको ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको डिभिजन ‘बी’को खेलमा प्रोफेसनल मास्टर्स ११ ले बुटवल युथलाई ३७९ रनको विशाल अन्तरले पराजित गरेको छ । सिद्धार्थ क्रिकेट मैदानमा मोहम्मद हुसेन र मिथलेश यादवको विस्फोटक ब्याटिङको सहयोगमा पहिलो ब्याटिङ गरेको प्रोफेसनल मास्टर्सले ४७.२ ओभरमा सबै विकेट गुमाएर ४५६ रनको योगफल खडा गरेको थियो । 

प्रत्युत्तरमा बुटवल युथ १८.१ ओभरमा ७७ रनमै समेटियो । प्रोफेसनल मास्टर्सका लागि मोहम्मदले १४४ रनको योगदान दिए । उनले ९१ बलमा २१ चौका र तीन छक्का प्रहार गरेका थिए । आक्रामक ब्याटिङ गरेका मिथलेशले ८९ रन बटुले । यसैगरी, अजय त्रिपाठीले ४६, आदित्य त्रिपाठीले ३२ र जयप्रताप यादवले अविजित २४ रनको योगदान दिए । बलिङमा बुटवल युथका अनिल चौधरीले सर्वाधिक तीन विकेट हात पारे । प्रवीण ढकाल र विनीत अधिकारीले समान दुई विकेट लिए । 
४५७ रनको लक्ष्य पछ्याएको बुटवल युथका लागि विनीत अधिकारीले ३३ र अजय चौधरीले १५ रन बनाए । यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रोफेसनलका मोहम्मद हुसेनले तीन विकेट लिए । जयप्रताप यादव र अजय त्रिपाठीले समान दुई विकेट हात पारे । रुपन्देही क्रिकेट संघको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

म्यान अफ द सिरिजलाई १५ हजार, उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयीमान खेलाडीलाई जनही पाँच हजार रुपैयाँ दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १२ सय रुपैयाँ दिने आयोजकले जनाएको छ । ४ वैशाखसम्म हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टोलीको सहभागिता रहेको संघका सचिव सञ्जय गुरुङले बताए । 

ad
ad