१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० फाल्गुण ३० बुधबार १७:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देहीका १६ पालिकामध्ये कार्यसम्पादनमा सियारी पहिलो 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ३० बुधबार १७:४६:००

सातवटा सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा रुपन्देहीका १६ वटा पालिकामध्ये सियारी गाउँपालिका पहिलो बनेको छ। 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग कार्यसम्पादन मूल्यांकनबापत स्थानीय तहले प्राप्त गरेको अंकका आधारमा सियारी गाउँपालिका प्रथम भएको हो।

सियारीले ७ वटा सूचकमा ६९ दशमलव ९५ प्रतिशत अंक ल्याएर प्रथम भएको हो। रुपन्देहीको सैनामैना नगरपालिका ६९ दशमलव ९४ अंक ल्याएर दोस्रो भएको छ।  

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा सियारी गाउँपालिका जिल्लामै प्रथम भएर आफूलाई अब्बल साबित बनाएको छ। 

सिद्धार्थनगर नगरपालिका ६६ दशमलव ८७ अंक ल्याएर जिल्लामा तेस्रो भएको छ। कञ्चन गाउँपालिकाले ६४ दशमलव ४०, बुटवल उपमहानगरपालिकाले ५९ दशमलव ४१, तिलोत्तमा नगरपालिकाले ५७ दशमलव ४१, देवदह नगरपालिकाको ५५ दशमलव ४६ प्रतिशत ल्याएका छन्।

त्यसैगरी, ओमसतियाले ५६ दशमलव २६, गैडहवाले ५३ दशमलव १७, रोहिणीले ५२ दशमलव ५४, मर्चवारीले ५२ दशमलव ३२, मायादेवीले ४६ दशमलव ८५, शुद्धोधनले ४५, सम्ममरीमाईको ४३ दशमलव ०५, लुम्बिनी सांस्कृतिक नगरपालिकाले ४० दशमलव २९ र कोटहिमाईले ३९ दशमलव ४८ प्रतिशत ल्याएका छन्।

स्थानीय तहको हकमा समयमा बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेकोदेखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई मूल्यांकनको आधार मानिएको छ।

आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो।