मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको प्रश्न- पार्टीको ‘डकुमेन्ट’ कम्युनिस्ट प्रधानमन्त्रीलाई सोधेर लेख्नुपर्ने ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले आफ्नो डकुमेन्ट कम्युनिस्ट प्रधानमन्त्रीलाई  सोधेर लेख्नुपर्ने भन्दै प्रश्न गरेका छन्।

बुधबार तेस्रोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुअघि प्रस्तुत गरेको प्रस्तावको जवाफ दिँदै महामन्त्री शर्माले प्रधानमन्त्रीलाई कांग्रेसले धोका नदिएको स्पष्ट पारेका हुन्।

१० फागुनमा सम्पन्न कांग्रेस महासमिति बैठकमा केही साथीहरूले उठाएको हिन्दुधर्मको प्रस्ताव पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट पार्दै उनले प्रधानमन्त्रीले यो विषयलाई धोकाको रूपमा लिनु गलत भएको बताए। 

कोशीमा माओवादी पराजित हुँदा आफूहरूले पनि कांग्रेस पराजित भएको महसुस गरेको बताउँदै उनले आफूहरूको डकुमेन्टमा पनि उल्लेख भएको जानकारी गराए।

महामन्त्री शर्माले भने, ‘राजनीतिक रूपमा अविश्वास छ, तर विश्वासको मत छ। नेपालमा सबैभन्दा धरापमा विश्वास परेको भन्दै उनले प्रशासन, अस्पताल, बजार, स्कुल जहाँ जाँदा पनि विश्वासको खडेरी परेको बताए । प्रधानमन्त्री प्रचण्ड दुईतिहाइको समर्थनबाट घट्दै गएको छ। अविश्वास हुँदा पनि गणितीय खेलले विश्वासको मत दिनुपर्ने अवस्था छ।