१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण ३० बुधबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भरतपुरको सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेध

Read Time : < 1 मिनेट
२०८० फाल्गुण ३० बुधबार १०:२९:००

भरतपुर महानगरपालिकाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेध अभियानलाई तीव्रता दिएको छ । जसअनुसार मंगलबार भरतपुरको सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन निषेधित क्षेत्रको बोर्ड लगाइएको छ । 

‘सूर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ऐन) २०६८ का अनुसार सार्वजनिकस्थलको कम्तीमा एक सय मिटर वरपर धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन तथा बिक्री–वितरण गर्न गराउन पाइनेछैन । यस स्थलको हाताभित्र धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा निजलाई यस स्थलबाट बाहिर निकालिने वा एक रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ,’ बोर्डमा लेखिएको छ ।

महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टका अनुसार सार्वजनिकस्थलमा धूमपान तथा सुर्ती सेवन निषेध गर्ने अभियानअन्तर्गत पहिलो चरणमा महानगरभित्रका २९ वटा र ४० वटै स्वास्थ्य संस्थामा निषेधित क्षेत्रको बोर्ड लगाइएको हो । ‘नेपाल सरकारको ऐनमै भएका कुराहरू हामीले कार्यान्वयन गर्दै छौँ । सबैलाई यो अभियानमा सहयोग गरिदिन अनुरोध गर्दछु,’ बोर्डमा लेखिएको छ । सचेतना बोर्ड राख्ने यो अभियानमा एक्सन नेपाल र भरतपुरमा रहेको बोस्टन इन्टरनेसनल कलेजले समेत सहकार्य गरेका छन् ।