१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम तीन अर्ब माथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २४ बिहीबार १५:२६:००

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। बिहीबार नेप्से १३.५१ अंकले बढेर दुई हजार ३०.५५ विन्दुमा पुगेको हो।

नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि बढेका छन्। कुल तीन सय नाै कम्पनीका ८९ लाख २९ हजारबराबर कित्ता सेयर तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ।

आज होटेल तथा पर्यटन, म्युचल फन्ड र व्यापार समूहबाहेक सबै समूहका सूचक बढेका छन्। घटेका यी समूहमा क्रमशः ०.२४, ०.७९ र ०.२५ प्रतिशतको गिरावट देखिएको छ। जलविद्युत् र निर्जीवन बिमा समूहमा सबैभन्दा धेरै एक प्रतिशतभन्दा बढीको वृद्धि भएको छ।

बजार दोहोरो अंकले बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। चिरख्वा हाइड्रोपावर, मध्यभोटेकासी जलविद्युत्, बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशतदेखि ५.९६ प्रतिशतसम्म आर्जन गरेका छन्।

मूल्यमा सबैभन्दा धेरै गिरावट आएको एनआइसी एसिया ग्रोथ फन्ड २ का लगानीकर्ताले ६.२१ प्रतिशत गुमाएका छन्। सामलिङ पावर कम्पनी र बोटलर्स नेपाल तराईको मूल्य ५.०२ प्रतिशत र ४.३५ प्रतिशतले घटेको छ।