१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ४ मंगलबार
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ४ मंगलबार १५:४४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से दुई हजार विन्दुबाट ओर्लियो, कारोबार रकममा पनि गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ४ मंगलबार १५:४४:oo

लगातार घटिरहेको सेयर बजारमा मंगलबार पनि दोहोरो अंककाे गिरावट देखिएको छ। नेप्से परिसूचक १४.८१ अंकले घटेर एक हजार नौ सय ९१.७१ विन्दुमा कायम भएको हो।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि गिरावट देखिएको छ।

तीन सय १२  कम्पनीका ५४ लाख ७१ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब १० करोड ३० लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबार रकममा पनि कमी आएको छ। सोमबार दुई अर्ब ७५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो। 

मंगलबार नेप्सेका सबै उपसमूहमा गिरावट आएको छ। सबैभन्दा धेरै जलविद्युत्, लघुवित्त र अन्य समूह एक प्रतिशतभन्दा बढीले घटेका छन्। बाँकी उपसमूहहरूको सूचक एक प्रतिशतभन्दा कमले घढेका छन्।

घटेको बजारमा एसबिएल डिबेन्चर २०८९ र गोर्खा फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यी  कम्पनीको मूल्य ९.९६ प्रतिशतभन्दा धेरैले बढेका छन्।

यता रुरु जलविद्युत् परियोजनाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स, सिवाइसी नेपाल लघुवित्त र डोल्टी  पावर कम्पनीको सेयर मूल्य ५.६० प्रतिशतदेखि ६.७४ प्रतिशतसम्मले घटेका छन्।